
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्मानित अदालतको आदेशको सम्मान गर्दै स्वेच्छिक रूपमा गिरफ्तारी दिएको घोषणा गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै आफैं आजै अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन्।
लामिछानेले लेखेका छन्, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। म न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउनेछु।”



यो पनि पढ्नुहोस्
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
आफूमाथि ठूलो अन्याय भएको उल्लेख गर्दै उनले चितवनमा तय भएको सभा नरोक्न पनि आग्रह गरेका छन्।
“म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,” लामिछानेले भनेका छन्।
यो घटनाले देशभर राजनीतिक चासो र बहस सिर्जना गरेको छ। समर्थकहरू र पार्टी कार्यकर्ताहरू चितवनको सभालाई सफल बनाउन तयारीमा जुटिरहेका छन्।
