नेपाल र वेस्ट इन्डिज बिच ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ। यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुनेछ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै दुवै टिमले सिरिज जित्ने दाबी गरेका छन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन्। सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ। ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भनेका छन्।
नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली

नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.