
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज शनिबार एनपीएल–२ का दुई खेल निर्धारित छन्। पहिलो खेल बिहान ११ः१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ः३० बजे काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्नेछन्।

पहिलो खेल ः सोमपाल बनाम रोहित
चितवनसँग पहिलो खेलमा पराजित कर्णाली पहिलो जितको खोजीमा छ। लुम्बिनी भने चितवनलाई ६ विकेटले हराएर उच्च मनोबलमा रहेको छ। कप्तान सोमपाल कामी र रोहितकुमार पौडेल नेतृत्वका कारण खेल रोमाञ्चक हुने अपेक्षा छ।
दोस्रो खेल ः करण बनाम सन्दीप
दोस्रो खेलमा काठमाडौंका कप्तान करण केसी र विराटनगरका कप्तान सन्दीप लामिछाने आमनेसामने हुनेछन्। काठमाडौं दुई खेलमा एक जित र एक हारसहित २ अंकमा छ भने एक खेलमै पोखरालाई हराएको विराटनगरसमेत २ अंकमै छ।



