पत्रकार महासंघ डडेल्धुराद्वारा स्थापना दिवसमा ब्याडमिन्टन प्रतियोगिता

sc mahendra

डडेल्धुरा : नेपाल पत्रकार महासंघ, डडेल्धुरा शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।
शाखाको २०८२ साल चैत्र १३ गते बसेको बैठकले आगामी चैत्र १६ गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। जिल्लामा क्रियाशील पत्रकारहरूबीच आपसी सद्भाव, सहकार्य तथा खेलकुदमार्फत सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शाखाका अध्यक्ष हिक्मत बहादुर सिंहले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले दुई–दुई जनाको टिम बनाई चैत्र १५ गते बेलुकी ५ बजेसम्म दर्ता गराउन शाखाले अनुरोध गरेको छ। दर्ता शुल्क निःशुल्क राखिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार रुपैयाँ, द्वितीयलाई ८ हजार रुपैयाँ र तृतीय हुने टिमलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै विजेता टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
महासंघको स्थापना दिवसलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले पत्रकारहरूबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.