वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई लौरो र दोसल्ला, उधमशीललाई उपकरण हस्तान्तरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : झट्ट हेर्दा हातमा लौरो लिएर कुनै खेल खेल्न लागेको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। आलिताल गाउँपालिका वडा नं. २ ले जेष्ठ नागरिकहरूलाई बुढेसकालको सहारा स्वरूप बेतको लौरो उपहार प्रदान गरेको हो।

आइतबार आयोजित एक औपचारिक कार्यक्रममा वडा कार्यालयले ७० वर्ष माथिका जेष्ठ नागरिक (अभिभावक) हरूलाई दोसल्ला ओढाएर सम्मान गर्दै बेतको लौरो (बुढेसकालको सहारा) वितरण गरेको जनाएको छ। उक्त कार्यक्रम चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

वडा कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिकहरूको स्वास्थ्य, दीर्घायु तथा सम्मानजनक जीवनको कामना गरिएको थियो। कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले यस प्रकारको सम्मानले आफूहरू अत्यन्त खुसी भएको बताउँदै वडा कार्यालयप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै उनीहरूले आशीर्वादसमेत प्रदान गरेका थिए।

यसै अवसरमा वडा नं. २ का दुई जना सिलाइ कटाइ गर्ने उद्यमशील व्यक्तित्वलाई व्यवसाय प्रवर्द्धनका लागि सिलाइ मेसिन, इन्टरलक मेसिन तथा प्रेस (इस्त्री) समेत हस्तान्तरण गरिएको वडा अध्यक्ष मल्लले बताए ।

स्थानीय तहबाट जेष्ठ नागरिकको सम्मान तथा उद्यमशीलताको प्रवर्द्धनका लागि गरिएको यस्तो कार्यक्रमले सामाजिक सद्भाव र आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.