डडेल्धुराको आलितालमा अफ्रिकन स्वाइन फिभरसँग मिल्दोजुल्दो रोग फैलिँदा दर्जनौँ बङ्गुर मरे

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा अफ्रिकन स्वाइन फिभरसँग मिल्दोजुल्दो लक्षण देखिने रोगका कारण सुँगुर तथा बङ्गुर मर्न थालेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्। हालसम्म गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब ३५ देखि ४० वटा बङ्गुर मरेको स्थानीय पशु सेवा शाखाले जनाएको छ।

आलिताल गाउँपालिकाको पशु सेवा शाखाले अफ्रिकन स्वाइन फिभरसँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै केही दिनअघि किसानलाई सचेत रहन आग्रह गर्दै सूचना समेत जारी गरेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आलिातल पालिकाले निकाकलेको सूचना : 

 

यद्यपि हालसम्म रोगको आधिकारिक पुष्टि गर्न आवश्यक नमुना संकलन तथा प्रयोगशाला परीक्षण भने गरिएको छैन।

पछिल्लो समय आलिताल क्षेत्रमा व्यावसायिक रूपमा सुँगुर तथा बङ्गुर पालन गर्ने व्यवसाय बढ्दै गएको अवस्थामा यस्तो रोगका कारण व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।

पशु सेवा शाखामा कार्यरत पशु प्राविधिक धनबहादुर मडैले हालसम्म आलिताल गाउँपालिका क्षेत्रमा मात्रै ३५ देखि ४० वटा बङ्गुर मरेको जानकारी दिए। उनका अनुसार मृत बङ्गुरमा अफ्रिकन स्वाइन फिभरसँग मिल्ने विभिन्न लक्षण देखिएका छन्।

Dadeldhura Hospital

आलिताल गाउँपालिका–८ दुवालीखेतका व्यावसायिक बङ्गुरपालक लालबहादुर डाला मगरका १२ वटाभन्दा बढी बङ्गुर मरेका छन्। उनका अनुसार मरेका अधिकांश बङ्गुरहरू बच्चा जन्माउने अवस्थामा थिए। प्रत्येक बङ्गुरको तौल १०० देखि २०० केजीसम्म रहेको र धेरैजसो प्रजनन योग्य अवस्थामा रहेका कारण क्षति अझ बढी भएको उनले बताए।

डाला मगरले मात्रै करिब १० देखि १२ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको अनुमान गरिएको छ। यस्तै अन्य साना किसान तथा फुटकर व्यवसायीका बङ्गुरहरू पनि सोही प्रकारका लक्षणका कारण मर्ने क्रम जारी रहेको बताइएको छ।

 

मरेको बंगुर खाल्डोमा पुर्दै

अफ्रिकन स्वाइन फिभर लागेका सुँगुर तथा बङ्गुरमा १०४ देखि १०७ डिग्रीसम्म ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भाग रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने तथा छट्पटाउने जस्ता लक्षण देखिने गर्छ।

यस्ता लक्षण देखिएका सुँगुर, बङ्गुर वा तिनका पाठापाठी तथा संक्रमित पशुसँग सम्पर्कमा आएका वस्तुहरू एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै फैलिन सक्ने पशु सेवा शाखाले जनाएको छ।

घरपालुवा सुँगुर, बङ्गुर तथा जंगली बँदेलमा विषाणुका कारण लाग्ने अफ्रिकन स्वाइन फिभर उच्च मृत्युदर भएको महामारीजन्य सरुवा रोग हो। तर यो रोग पशुबाट मानिसमा भने नसर्ने पशु प्राविधिक मडैले जानकारी दिए।

सन् १९२१ मा अफ्रिकाको केन्यामा पहिलोपटक देखिएको अफ्रिकन स्वाइन फिभर पछि युरोप, अफ्रिका तथा एसियाका विभिन्न देशमा फैलिएको थियो। सन् २०१८ मा चीनमा पहिलोपटक देखिएको यो रोग भियतनाम, कम्बोडिया, उत्तर तथा दक्षिण कोरिया, लाओस, मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारसम्म फैलिएको थियो।

सन् २०२० मा भारतका आसाम र अरुणाचल प्रदेशमा समेत यो रोग फैलिएपछि ठूलो संख्यामा सुँगुर तथा बङ्गुर मरेका थिए।

स्थानीय किसानहरूले रोगको यथार्थ पहिचानका लागि तत्काल नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न तथा प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.