बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको प्रथम जिल्ला अधिवेशनबाट भीम नाथ सर्वसम्मत रूपमा जिल्ला सभापतिमा पुनः चयन भएका छन्। रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीका अनुसार अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा
हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी तथा सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन्।
कार्यसमितिको कोषाध्यक्ष पद भने हाल रिक्त राखिएको छ। उक्त पदमा नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया पूरा गरी पछि मनोनयन गर्ने जनाइएको छ।
