सामाजिक सेवामा ओलीः आलितालका २१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

sc mahendra

डडेल्धुरा, असार २८ : डडेल्धुराको आलिताल गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत अनाथ, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

आलिताल गाउँपालिका–६ झरकाँडाका स्थायी बासिन्दा मान बहादुर ओलीले सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भई गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीलाई कपी, कलम लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सहयोग कार्यक्रमअन्तर्गत आलिताल गाउँपालिकाका विभिन्न वडास्थित विद्यालयमा अध्ययनरत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका ,अनाथ, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीहरूलाई सामग्री प्रदान गरिएको थियो। ओलीले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बताए।

“सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भएर सञ्चालन गरिएको यो सानो प्रयासले विद्यार्थीहरूको शैक्षिक यात्रामा केही सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु,” उनले भने, “कपी, कलम र शैक्षिक सामग्री सामान्य वस्तु जस्ता देखिए पनि यिनै माध्यमबाट बालबालिकाले आफ्नो भविष्य निर्माण गर्ने आधार तयार पार्छन्।”

उनले आगामी दिनमा पनि आवश्यकता भएका वर्ग तथा समुदायका बालबालिकाको शिक्षामा सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

सामग्री वितरण कार्यक्रमअन्तर्गत श्री शंकर केदार आधारभूत विद्यालय, सिद्ध भगवती माध्यमिक विद्यालय, एकता आधारभूत विद्यालय, ब्रह्मचारी माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विद्यालय, गणेश आधारभूत विद्यालय, महादेव माध्यमिक विद्यालय, उणिकोट माध्यमिक विद्यालय तथा सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी लाभान्वित भएका छन्।

स्थानीयवासीहरूले ओलीको यस मानवीय तथा प्रेरणादायी कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक अभियानले अनाथ, अपाङ्ग , विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।ओली विभिन्न सामाजिक काममा समेत सदैव अग्रसर हुने व्यक्ति हुन् । उनि हाल कैलालीको अत्तरियामा व्यवसायी गर्दै आइरहेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.