अमरगढी नगरप्रमुख ओझा विश्वविद्यालयबाट सम्मानित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः  अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा सम्मानित भएका छन्।

ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय राजयोग केन्द्र डडेल्धुराको समन्वयमा विश्वविद्यालयबाट डडेल्धुरा पहिलो श्रेणीमा उत्तीर्ण भएको भन्दै ओझालाई सम्मानित गरिएको हो। डडेल्धुरामा एक समारोहकाबीच नगरप्रमुख ओझाले योगा र शिक्षाको महत्व विषयमा स्नातकोत्तर पास गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय डडेल्धुरा शाखाले एक कार्यक्रमकाबीच नगरप्रमुख ओझालाई स्नातकोत्तरको प्रमाण पत्र हस्तान्तरण गरेको छ। प्रमाण पत्र हस्तान्तरण गर्दै नगरप्रमुख ओझाले आफूले २०७६ साल मंसिरबाट अध्ययन सुरु गरेको बताए।

Dadeldhura Hospital

आफूले सिकेको आध्यात्मिक ज्ञान सीप आफ्ना लागि मात्र नभई परिवार,समाज र राजनीतिक जीवनका लागि पनि महत्वपूर्ण सिकाई भएको उनले बताए।

उनले भने,‘स्थानीय सरकारको जिम्मेवारी लिएको ५ वर्ष बित्दै गर्दा भोलि म यो जिम्मेवारीमा रहुँला या नरहुँला तर म सामाजिक रूपमा जहिले पनि एक सकारात्मक नेताको रुपमा चिनिन पाउँ यो मेरो अहोभाग्य हुनेछ।’

प्रमाण पत्र हस्तान्तरणमा ब्रह्मा कुमारी इश्वरीय विश्वविद्यालयकी सन्चालिका गंगाले योगा र शिक्षाको महत्व विषयमा स्नातकोत्तरका लागि नगरप्रमुख ओझाको मेहनत समय व्यवस्थापन महत्वपुर्ण रहेको बताइन्।

विश्वविद्यालय डडेल्धुरा शाखाको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राजनीतिक दल, समाजसेवीलागयको सहभागीता थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.