Citizan

डडेल्धुराको आलिताल वडा न.५ भावर गाउंलाई पुर्ण सरसफाई युक्त गाउं घोषणा

२०८० सम्म आलितालका सम्पूर्ण गाउं पुर्ण सरसफाई युक्त गाउं घोषणा हुन्छ :अध्यक्ष गुरुंग

suchana alital
Chure

lali

चैत्र १२ आलिताल

glam &
dipti
Citizan

डडेल्धुरा आलितालको भावर गाउंलाई पुर्ण सरसफाई युक्त गाउं घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर आलिताल गाउपालिका वडा न. ५ को भावर गाउंलाई पुर्ण सरसफाईयुक्त गाउं घोषणा गरिएको हो ।
पुर्ण सरसफाईयुक्त गाउका लागि सवै सूचकहरु पुरा गरेपछि गाउंलाई पुर्ण सरसफाईयुक्त गाउं घोषणा गरिएको आलिताल गाउंपालिका जलस्राते अधिकृत हेमराज पनेरुले जानकारी दिनुभयो । आलिताल गाउंपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्राबिधिक सहयोगमा भाबर खानेपानी तथा सरसफाई समितिको आयोजना उक्त गाउं पुर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
गाउं पालिकाका अध्यक्ष बल बहादुर गुरुंगको प्रमुख अतित्थ तथा वडा न. ५ का अध्यक्ष प्रकास बोहराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालिका उपाध्यक्ष जला बोगटी,बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानियको उस्थितिमा रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष गुरुङले आलितालका बिभिन्न टोलहरुलाई सरसफाई युक्त घोषणा गरिसकेको बताउदै २०८० सम्म पालिकाको पुरै गाउंलाई पूर्ण सरसफाई पालिका घोषणा गर्ने योजना रहेको बताए । योजना सफल पार्नलाई सम्पुर्ण गाउंबासीलाई आफ्नो ठाउंबाट सहयोग गर्न आग्रह समेत गरे ।
गास बास कपास आधारभुत आबश्यकता मात्र नभई स्वास्थ्य पनि मानिसको नैसर्गिक अधिकार रहेको बताउदै अब स्वच्छ खानेपानी र स्वच्छ जिवनयापन पनि अनिबार्य रहेको बताए ।


कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष जला बोगटीले गाउंमा अझ पनि छाउपडी पर्था रहेकोले यसलाइ सबै लागेर चेतनाको बिकास गरे मात्र टोल पूर्ण सरसफाइ घोषण गरेको सार्थकता पाउने बताए । पूर्ण सरसफाई घोषणा गर्दा रमाईलो भएता पनि यसलाई दिगोपना दिन चुनौति रहेको बताए । टोललाई पूर्ण सरसफाई घोषणा गर्दा पुरा गरिएका सुचकहरुलाई दिगोपना राख्न गाउंबासीको हातमा नै रहेको बताए ।
यस्तै सहयोगी संस्थाका तर्फबाट बोल्दै उक्त क्षेत्रका फिल्ड सयोजक सुनी भण्डारीले गाउंलाई सरसफाईयुक्त गाउं घोषणा गर्न आवश्यक सुचकहरु पुरा गर्न गराउन करिब दुई बर्ष लागेको बताउदै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सिमित नराख्न अनुरोध गरे । उनले भने,पुर्ण सरसफाई युक्त गाउं घोषण गर्न आबश्यक सुचकहरु पुरा भइसकेका छन् जस मध्ये प्रत्येक घरमा सुलभ शौचालय,पानीको धारा,प्रत्येक घरमा च्याङ जुठ्यान ,सुधारिएको चुल्हो,फोहर फाल्ने खाडल , सरसफाई सम्बन्धि कार्यक्रम तथा गोष्ठी सम्पन्न भई सकेकोले गाउं पूर्ण सरसफाई युक्त भइसकेको बताए ।
महिला हिंसा तथा मर्यादित महिनावारी सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न
सोहि दिन महिला हिंसा तथा मर्यादित महिनावारी सम्बन्धि चेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको छ । महिला सञ्जाल आलिताल ५ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाका बिभिन्न ८ वटा आमा समुहका महिलाहरुले बिभिन्न तरिकाबाट महिला हिंसा तथा मर्यादित महिनावारी सम्बन्धि चेतनामूलक कार्यक्रम पस्तुत गरेका थिए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.