Citizan

शिर्ष नेताहरुको मनोनयन दर्ता :देउवाले आर्जु पठाए,ओली आफै गए, प्रचण्डलाई बाबुरामले लगे

Chure
lali

२३ असोज, काठमाडौं । शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी छन्, कसैले वारेस पठाएका छन् ।
आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् ।
कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको मनोनयनपत्र दाखिला गराउन हिजै शनिबार डडेलधुरा गएकी हुन् ।
कांग्रेस डडेलधुराका उपसभापति डिल्ली जोशीले आज आइतबार दिउँसो २ बजे देउवाको मनोनयन हुने जानकारी दिए । ०४८ सालयता देउवा डडेलधुराबाट सांसद बन्दै आएका छन् ।
एमाले अध्यक्ष केपी ओली आज दिउँसो २ बजे मनोनयन दर्ता गराउन झापा गइसकेका छन् । ओलीको सचिवालयका अनुसार उनले आफैं उपस्थित भएर उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ बाट मनोनयन दाखिला गराउन यसअघि त्यहाँबाट चुनाव जित्दै आएका बाबुराम भट्टराईलाई साथै लगेर गएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट गएर, अनि राप्रपाका अध्यक्ष राजेन्द्र लि‌ङ्देन झापा गएर मनोनयन दर्ता गराउँदैछन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.