डडेल्धुराले गर्‍यो म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक: को-को पास भए हेर्नुहोस्

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आज दिउसो सार्वजनिक गरिएको नतिजाअनुसार म्यादी प्रहरीमा ९ सय ३७ जना पास भएका छन्।

विभिन्न चरणमा लिइएको परीक्षामा सहभागी भएर उत्तिर्ण भएका ९ सय ३७ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यस्तै वैकल्पिक व्यक्तिको नाम पनि वरियताक्रमअनुसार सार्वजनिक गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

वैकल्पिकमा ७९ जनालाई राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए। पास भएकाहरुलाई भने प्रवेश पत्र र सक्कलै नागरिकतासहित २८ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित हुन भनिएको छ।म्यादी प्रहरी छनोटका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती सम्बन्धि परीक्षा र लिखित परीक्षा सञ्चालन गरिएको थियो भने अन्तर्वार्ता पनि लिइएको थियो।

अन्तिम नतिजामा पासका भएकाहरुलाई नियुक्तिपत्र दिएपछि असोज ३० गतेबाट कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइने जनाइएको छ। उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको

 

छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.