डडेल्धुरा। डडेल्धुरामा नेपाली कांग्रेसका वडा सभापतिले राजिनामा दिएका छन्। आलिताल गाउँपालिका वडा नं ५ का वडा सभापति पदम बहादुर खडायतले पार्टी सभापतिको पदबाट राजीनामा दिएका हुन्।
आफ्नो पार्टी सभापति शेर बहादुर देउवाले बिपी सिद्धान्त बिपरीत कार्य गरेको र नेपाली कांग्रेसका कार्यकर्ता कुट्ने, मार्ने निरंकुश बिचार बोकेको माओवादीसंग अपवित्र गठबन्धन गरेकोले आफुले राजिनामा दिएको जनाएका छन् । नेपाली कांग्रेस आलिताल गाउँ कार्य समितिले जनता र कार्यकर्ता प्रति उत्तरदायी नभएको आरोप लगाउँदै उनले आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै राजिनामा दिएका छन्। राजिनामा पत्र