ब्यबसायीक वाताबरण सर्बेक्षणमा आलिताल २०औं श्रेणीमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ब्यबसायीक वाताबरण सर्बेक्षणमा डडेल्धुराको आलिताल गाउंपालिका २० औं श्रेणीमा परेको छ ।

जर्मन संघिय आर्थिक सहकार्य तथा बिकास मन्त्रालय तथा युरेपेली संघ फिनल्याण्डको परराष्ट मन्त्रालय बि एम जेट को आर्थिक सहयोगमा संचालित (जि आइ जेट । ग्रेप ) कार्यक्रमको सर्वेक्षणमा आलिताल गाउंपालिका २० औं स्थान मा परेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हिजो पालिकाको सभाहलमा एक कार्यक्रम गरि परियोजनाले आलितालको व्यसायीक वाताबरण सर्बेक्षण प्रस्तुत गरेको थियो । परियोजनाले लुम्बिनी,कर्णाली र सुदुर पश्चिम सहित तिन प्रदेशका ४२ पालिकाहरुमा आर्थिक सुशासन मापन गर्न व्यबसायीक वाताबरण सर्बेक्षण गर्दा आलिताल २० औं स्थानमा परेको परियोजनाका कलस्टर सल्लाहकार कृष्ण मल्लले जानकारी दिनु भयो प्रथम श्रेणीमा भने बिरेन्द्रनगर रहेको छ भने अन्तिम श्रेणीमा बराहताल रहेको छ । परियोजनाले बि सि आईको सहयोगमा व्यवसाय संचालन गर्न तथा लगानी कायम राख्न ,आर्थिक सुशासनको गुणस्तर तथा लगानी,रोजगारी,ब्यापार,कानुनी अनुपालन तथा दिगोपनामा निजि क्षेत्रको कार्य सम्पादनको मापन गर्न,जलवायु अनुकुल शासनको लेखाजोखा गर्न,उद्यम ब्यवसायको कार्यसम्पादन ,कोभिड १९ को असर र त्यस संग जुध्न पालिकाको क्रियाशिलता,पालिकाको कार्यसम्पादनका सुधार गर्न पालिका बिच श्रेणीकरण,र स्वस्थ प्रतिपर्धाको थालनी गर्न यस्तो कार्यक्रम गर्ने गरेको परियोजनाका राष्टिय परामर्शदाता दिलिप गुरुंगले बताउनु भयो । परामर्शदाता गुरुंगले आलितालको ब्यबसायीक वाताबरण सर्बेक्षणलाई चार्ट मार्फत प्रस्तुत गर्नुभएको थियो ।

Dadeldhura Hospital

सर्बेक्षण आलितालका बिभिन्न व्यक्तिहरुलाई सोधिएको प्रश्नको उत्तरमा आधारित रहेको समेत बताए । परियोजनाको यस परिक्षणबाट पालिकाको सबल पक्ष र कमजोर पक्षलाई देखाईएको छ । पालिका अध्यक्ष शेर सिं पार्कीले कार्यक्रममा बोल्दै यस सर्बेक्षणले आफुहरुलाई स्थानिय सरकारलाई प्रभाबकारी रुपमा संचालन गर्न सहयोग पुग्ने बताउदै अब उपरान्त सबल पक्षलाई यथावत गर्दै कमजोर पक्षलाई सुधार गर्न आफुहरु लागी पर्ने बताए । आफुहरुले जनतालाई कसरी छिटो छरिटो र शुलब सेवा दिने बिषयमा योजना बनाइरहेको बेला यस सर्बेक्षणले आफुहरुलाई सहयोग पुगे समेत बताए । कार्यक्रममा पालिका अध्यक्ष उपाध्यक्ष,सम्पूर्ण वडाका अध्यक्ष,कार्यपालिका सदस्यहरु,बिभन्न शाखाका प्रमुख,सहकारीका पदाधिकारीहरु,कृषक,बिभिन्न संघ सस्ंथाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

सर्बेक्षण नतिजा चार्टमा :

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.