बीपी कांग्रेससँग तालमेल तोड्दैनौं, कार्वाही स्वीकार्य छ:डा.तारा जोशी

sc mahendra

२ कात्तिक, डडेलधुरा । नेकपा एकीकृत समाजवादी, डडेलधुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल कायम रहने बताएका छन् ।
प्रतिनिधि सभामा बीपी कांग्रेसलाई सघाउने र प्रदेश सभा (ख) मा डा. तारा जोशीलाई सघाउने सहमति भएको थियो । तर एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मंगलबार विज्ञप्ति जारी गर्दै डा. तारा जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन र जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टीको निर्णय विपरीत काम नगर्न निर्देशन दिएका थिए ।
यो निर्देशनले आफूलाई कुनै फरक नपर्ने डा. जोशी बताउँछन् । ‘मैले आम मतदाता, सहकर्मी र शुभचिन्तकसँग सल्लाह गरेरै उम्मेदवारी दिएको हुँ’, जोशीले भने, ‘उहाँहरुको भावना विपरीत उम्मेदवारी निष्कृय गर्ने भन्ने हुँदैन ।’जिल्ला अध्यक्ष विष्ट पनि आफूहरुले एउटा धारणा बनाएर यो कदम उठाएकाले महासचिवको विज्ञप्तीले कुनै असर नगर्ने बताउँछन् । ‘जिल्लाको सिङ्गो पार्टी समूह एक ढिक्का भएर लागेको छ’ विष्ट भन्छन् ‘अब ब्याक हुने कुरा हुँदैन ।’आफूहरुले यो कुरा पार्टीलाई स्पष्ट रुपमा भनिसकेको उनले बताए । ‘हामीले पार्टीलाई तपाईंहरु जेजे गर्नुहुन्छ, गर्नुहोस् भनिसकेका छौं, कारवाही गरे पनि स्वीकार छ, राजीनामा देऊ भनेपनि हामी राजीनामा दिन तयार छौं,’ उनले भने, पार्टीलाई जे सजिलो हुन्छ, त्यही गरे भयो ।’सत्ता गठवन्धनको सिटको बाँडफाँटमा एकीकृत समाजवादीले डडेल्धुरा प्रदेश (ख) मा दाबी गरेको थियो । तर प्रतिनिधि सभा र प्रदेश सभा (ख) कांग्रेसले लियो । प्रदेश सभा (क) मा माओवादी केन्द्रका खगराज भट्ट गठबन्धनका साझा उम्मेदवार छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.