डडेल्धुराको आलितालमा बजार अनुगमनःफेला परेको अखाद्य बस्तु नष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कार्तिक ५ , डडेलधुराको आलितालमा बजार अनुगमन गरिएको छ ।
आलिताल गाउँ पालिकाको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय डडेलधुरा खाद्य प्रबिधी तथा गुण नियन्त्रक कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त सहभागितामा आलितालको बिभिन्न बजारमा अनुगमन गरिएको हो।
आलितालको वडा न.४ को घरेलुबजार जालटुडा, वडा न.८ को गोदाम बजारका विभिन्न , पसलमा अनुगमन गरिएको पालिकाको कार्यालयले जानकारी दिएको छ ।

Dadeldhura Hospital

म्याद नाघेको खाद्य बस्तु
अनुगमनका क्रममा म्याद नाघेका खाद्य पदार्थ बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेम प्रसाद ढकालले बताएका छन्। ‘चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेकाले बजार अनुगमन गरेका हौं,’ उनले भने।
अनुगमनका क्रममा बजारबाट म्याद नाघेका तेल, सुजी, जुस, नरिवल,मसला, चकलेट, बिस्कुट लगाएतका खाद्य तथा पेय पदार्थ बरामद गरिएको उनले बताए। साथै प्लस्टिकबाट निर्मीत फुलका मालाहरु पनि बरामत गरि नष्ट गरिएको बताए । नेपाल सरकारको निर्देशन अनुसार प्लाटिकका माला बरामत गरि नष्ट गरिएको उनले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अनुगमनमा आलिताल गाउपालिका उपाध्यक्ष मैना कुमारी रावल , जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख हेम प्रसाद ढकाल , खाद्य प्रबिधी तथा गुण नियन्त्रक कार्यालयका गणेश दत्त जोशी ,आलिताल .४ वडा अध्यक्ष कमल सिं बोहरा अलिताल .८ वडा अध्यक्ष धन बहादुर देउवा,उद्योग बाणिज्य सघ डडेलधुरा सदस्य गोमती बोहरा , जिल्ला प्रशासन कार्यालयका घनश्याम जोशी , पत्रकार भक्त गाहामगर,तथा सुरक्षा निकायको तर्फबाट राम दत्त भट्ट सहितको सयुक्त टोलीले बजार अनुगमन गरिएको उपाध्यक्ष रावलले बताए।
तर कतिपयले भने देखावटी बजार अनुगमन भनेर चर्को आलोचना गरेका छन्। नियमित रूपमा हुनुपर्ने बजार अनुगमन डडेलधुराको सवालमा वर्षको एकचोटि मात्र हुने गरेको उपभोक्ताको आरोप छ । बजारमा म्याद गुज्रेका सामग्री बिक्रीवितरण, कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार पालिकाले हरेक बर्ष बजार अनुगमनको कार्य गर्ने गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.