दिपावलीमा प्रयोग हुने प्लास्टिकबाट निर्मित मालाहरु बिक्री बितरण गर्न नपाइने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कार्तिक ५, दिपावलीमा प्रयोग हुने प्लास्टिकबाट निर्मित  मालाहरु बिक्री बितरण गर्न नपाइने भएको छ ।

नेपाल सरकारको निर्देशन अनुसार प्लास्टिकबाट निर्मित मालाहरु बिक्री बितरण गर्न नपाइने भएको हो । शनिबार आलिताल गाउँ पालिकाको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय डडेल्धुरा,खाद्य प्रबिधी तथा गुण नियन्त्रक कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त सहभागितामा आलितालको बिभिन्न बजारमा अनुगमनको क्रममा फेला परेको प्लाष्टिकका फुलका मालाहरु बरामत गरि नष्ट गरिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्लाष्टिकका फुलका मालाहरु बरामत गरि नष्ट गरिदै

अनुगमनको क्रममा महादेब पार्वति एण्ड सप्लायर्स र अन्य खुद्रा बिक्रेताहरुले प्लास्टिकबाट निर्मित फुलका मालाहरु बिक्री बितरण गर्ने क्रममा फेला पारे पछि टोलीले मालाहरु नष्ट गरेको हो । टोलीमा सहभागी सहायक जिल्ला प्रमुख हेम प्रसाद ढकालले पहिलो पटक भएकोले प्राप्त प्लाटिक जन्य मालाहरुलाई कैचिले काटेर सप्लायर्सलाई नै फिर्ता गर्ने गरि बुझाएको बताए । साथै उपरान्त यस्ता प्लास्टिकबाट निर्मित मालाहरु बिक्री बितरण नगर्न समेत सुझाए । सप्लायर्सका सञ्चालक रामानन्दले आफहरुलाई सरकारले प्रतिबन्ध गरेको भनि जानकारी नभएकोले मालाहरु बजारमा ल्याएको बताए । उनका अनुसार पच्चिस हजार बराबरको मालाहरु नष्ट भएको बताए ।

यो पनि पढ्नुहोस्

https://diyalokhabar.com/archives/1291

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.