आलितालमा काङ्ग्रेस वि.पी.को सम्पर्क कार्यालय स्थापना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा ८  नेपाली कांग्रेस विपिले डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाको गोदाममा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
कार्यालय आलिताल गाउपालिका बि पि काङ्ग्रेसका सभापती दल बहादुर बोहरा र जिल्ला कार्य समिती सदस्य राम बहादुर कुवरले सयुक्त रुपमा रिवन काटेर उट्घाटन गरेका थिए । आसन्न्न मंसिर ४ गते सम्पन्न हुन गई रहेको प्रदेस र प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि कार्यालय स्थापना गरिएको काँग्रेस विपिका नव प्रबेशी पदम खडायतले जानकारी दिए ।
नेपाली काँग्रेस विपिले परशुराम नगरपालिकामा पनि सम्पर्क कार्यालय स्थापना गरेको छ बि पि काङ्रेसले आईतबार आलितालमा र सोमवार परशुराम नगरपालिकामा कार्यकर्ता भेटघाट तथा तिहार, छठ पर्व बिशेस सुभकामना आदान–प्रदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
कार्यक्रमको अवसरमा परशुराम र आलितालमा अन्य पार्टी परित्याग गरि ३ र्दजन वढि कार्यकता नेपाली काँग्रेस बिपिमा प्रवेश गरेका थिए ।
आलिताल गाउँपालिकामा भएको कार्यक्रम वाट कांग्रेस आलिताल वडा नंं. ५ का वार्ड सभापति पदम खडायत र तत्कालिन आलिताल गाविस काँग्रेस सभापति राम बहादुर कुवर, बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा आलिताल २ बाट स्वतन्त्र उमेदवार बिर बहादुर मल्ल सहित कार्यकर्ताले काँग्रेस बिपिमा प्रबेश गरेका थिए ।भने सोमवार परशुराम नगरपालिकामा भएको कार्यक्रममा पनि अन्य पार्टी परित्याग गरि ४४ जना कार्यकर्ताले काँँग्रेस विपिमा प्रवेस गरेका छन ।विपि काँग्रेसमा नव प्रबेशी लाई कांग्रेस बिपिका केन्द्रिय बरिष्ठ उप–सभापति तथा डडेल्धुरा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार कर्ण बहादुर मल्लले स्वागत गरेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.