Citizan

उदयपुरमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु

suchana alital
Chure

चैत्र १४ उदयपुरको उदयपुरगढी गाउँपालिका( १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्।स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको प्रहरीले जनाएको छ।

glam &
dipti
Citizan
lali

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन्।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.