salt

राप्रपाले भोली काठमाडौंमा आमसभा गर्ने

suchana alital

२४ कात्तिक,। राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक २५ (भोली) काठमाडौंमा सभा गर्ने भएको छ । उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरुले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

glam &
lali

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।

राप्रपाले २४ कात्तिकमा सिन्धुपाल्चोक, सिन्धुली, सिरहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा सभा गर्ने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले कात्तिक २९ गतेसम्म चुनावी सभा गर्ने गर्ने जनाएको छ ।

vionet
सम्बन्धित समाचार
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.