धनगढीमा २२ गते (भोली)देखि सुदूरपश्चिम महोत्सव, प्रधानमन्त्री देउबाले उद्घाटन गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२१ मंसिर, धनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव मंसिर २२ गते (भोली)देखि धनगढीमा हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।

करिब दुई करोडको लागतमा आयोजना हुने सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने मिडिया संयोजक मनोज अग्रवालले जानकारी दिए । अग्रवालकाअनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले २२ गते दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

४०० स्टल रहने महोत्सवका लागि आवश्यक पर्ने तयारी अन्तिम चरणमा रहेको बताउँदै अग्रवालले महोत्सवमा बृहत व्यावसायिक कृषि प्रर्दशनी प्रतियोगिता, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थको प्रदर्शनीलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

सुदूरपश्चिम प्रदेशको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान दिएका तथा सम्भावना भएका लागि स्थानीय कलाकारलाई प्राथमिकता दिने, उद्यमी, व्यवसायी र स्थानीय उत्पादनलाई विशेष महत्व दिइएको उनले बताए ।

महोत्सव अवधीभर ५ देखि ७ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । विश्वव्यापी आर्थिक मन्दी र चर्को व्याजदरका कारण उत्साहजनक रुपमा महोत्सवका व्यवसायीहरुको सहभागीको कमी देखिएको बताइएको छ ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको आयोजना गर्दै आएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.