जेष्ठ नागरिकको सम्मानमा निरन्तर लागिपरेको आलिताल गाउंपालिका …….

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा। सदाको बर्ष जस्तै यस बर्ष पनि जेष्ठ नागरिकको सम्मानमा आलिताल गाउंपालिका निरन्तर लागिपरेको परेको छ ।डडेल्धुराको आलिताल गाउँपालिकाले बिगतकै बर्ष जस्तै यस बर्ष पनि जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा बितरण गरेको छ।

Dadeldhura Hospital

पालिकाका वडाहरुले प्रत्येक बर्ष यस्तो कार्याक्रम गर्दै आएकोमा यस बर्ष पनि एक कार्यक्रमबीच जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । पालिकाको वडा नं ३ को कार्यालयले ६८ बर्ष उमेरका २५ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कम्मल वितरण गरिएको छ । यस्तै केहि दिन अगाडी पालिकाको वडा न. ८ ले पनि जेष्ठ नागरिक,एकल महिला,अपांगता भएका व्यक्तिहरुलाई सम्मान स्वरुप न्यानो कपडा बितरण गरेको थियो । तेस्तै आलितालका सबै जसो वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडाको यस्तो कामको प्रसंशा गर्दै एक जेष्ठ नागरिकले आफुहरुले स्थानिय सरकार घरमै आएको अनुभुति सुनाए । उनले भने यसरी प्रत्यक्ष अनुभुति हुने गरि सेवा पाउदा आफु निकै हर्षित भएको छु । कार्यक्रमका प्रमुख अतिथि रहेका पालिका अध्यक्ष शेर सिंह पार्कीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताउदै चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको छ । चिसो समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह गर्नुभयो। विशिष्ट अथितिमा पालिका उपाध्यक्ष सहित उपस्थित रहेको उक्त कार्यक्रममा वडा नं ३ का अध्यक्ष बल बहादुर बुढाले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए।

आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताए।उनले चिसोमा ज्येष्ठ नागरिकहरु बढी जोखिममा हुने भएकाले न्यानो कपडा वितरण गरिएको समेत बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.