छोटो समयमै वडा अध्यक्ष मल्लले गरे यति राम्रा जनमुखी काम,हेर्नुहोस् बुदागतरुपमा….

sc mahendra

पौष २०
डडेल्धुरा जिल्लाको आलिताल गाउंपालिका वडा न. २ का जनता आजभोली खुसी देखिन्छन । पालिकाको वडा न. २ मा जब वडा अध्यक्षको रुपमा प्रमोद मल्ल निर्वाचित भए तब जनताले जनप्रतिनिधि भएको अनुभुति हुन थालेको बताउछन । मल्लले छोटो समयमा नै जनताका लागी धेरै राम्रा काम गरि सकेका छन् ।

वडाका जनाताले बर्षौ देखि समुदाय स्तरमै उत्पादित दहगाढ जलबिधुत सेवा प्रयोग गरिरहेका छन भने उनिहरुले महिनाको एक सय रुपैया तिर्दै आएका थिए । अहिले भने तेहांका जनताले बिधुत सेवा प्रयोग गरे वाफत कुनै शुल्क तिनु पर्दैन । करिव ३ सय पचास घरधुरीले प्रयोग गर्दै आएको बिधुत सेवालाई अध्यक्ष मल्लले निशुल्क गर्ने निर्णय पछि मल्लको प्रशंसा हुन थालेको हो ।
मल्लले सरकारले समेत बिधुत सेवालाई निशुल्क गर्ने घोषणा गरि सक्दा पनि वडा न. २ का जनताले मासिक एक सय तिर्नु पर्ने बाध्यता सुहाउदो नभएकोले तेसलाई वडाकै बजेटबाट आफुले व्यवस्थापन गरेको बताए ।

तेस्तै मल्लले उणीकोट माध्यामिक बिद्यालयमा कक्षा १२ सम्मको पढाई पनि सुरु गरेका छन् । आफु वडा अध्यक्ष निर्वाचित हुनु भन्दा पहिला देखि नै उक्त बिद्यालयमा कक्षा १२ सम्म पढाई संचालन गर्ने पहल गरिरहेका मल्लले आफु वडा अध्यक्षमा निर्वाचित भए पश्चात गलत्तै कक्षा १२ सम्मको पढाई सञ्चालन गरेका हुन । कक्षा १२ सम्मको पढाई सुरु गरेर मल्लले अर्को राम्रो काम गरेको स्थानिय बताउछन् ।

तेस्तै मल्लले सञ्चारको क्षेत्रमा पनि जनतालाई सेवा दिन पछि परेका छैनन् । लामो समय देखि निर्माण सम्पन्न भएको तिम्तराको नेपाल टेलिकमको टावरमा नेटवर्क सुचारु हुन सकेको थिएन । तर मल्ल निर्वाचित भए लगत्तै निरन्तर पहलमा अहिले नेपाल टेलिकमको सेवा सुचारु भएको छ । यो मल्लको अर्को सफलता हो । नेपाल टेलिकमको सामान्य सेवा सुचारु भएता पनि फोर जी सेवा भने सुरु हुन सकेको छैन तेसको लागी मल्लले निरन्तर पहल गरिरहेको बताए ।

मल्लले जनताको समस्यालाई सदैब अग्रस्थानमा राखेर आफु काम गरेको समेत बताए । केहि महिना अगाडी सम्म बृद्ध भत्ता लिन आलितालको नबिल बैंक नै धाउनु पर्ने समस्याबाट पनि मुक्त गरेका छन् । मल्लले अहिले भत्ता बितरणको समयमा बैंकको प्रतिनिधि नै वडा कार्यालयमा बोलाएर वडाबाट नै भत्ता बितरण गर्ने कार्य समेत सुरु गरेका छन् । भत्ता बुझ्न एक दिन धाउनु पर्ने बाध्यता अहिले हटेको उनले बताए ।

तेस्तै अध्यक्ष मल्लको अर्को महत्वपूर्ण कार्य छ । जुन सामाजिक रुपमा मदिराको नसामा लठ्ठ परेका मानिसहरुको आखां खोली दिएका छन् । उनले आफू निर्वाचित भए लगत्तै वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरे । मदिराको नसामा लठ्ठीएर सामाजिक बिकृति निम्त्यायने मानिसहरुलाई अहिले मल्लले कृषि उत्पादनमा जोडेर अगाडी बढीरहेको बताए । उनले आगामी दिनमा वार्ड न २ लाई कृषि क्रान्ति मार्फत् बिदेशीएका युबाहरुलाई स्वदेशमै स्वरोजगार श्रृजनाका लागि बिशेष पहलका साथै आय आर्जनका साथ उत्पादन मुखी बनाउने योजना रहेको बताएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.