अब आलिताल भित्रबाट नदिजन्य पदार्थ (ढुंगा,गिट्टी,बालुवा) उठाउदा प्रति घनमिटर एक सय ६ रुपैयां राजस्व तिर्नु पर्ने
डडेल्धुरा
डडेल्धुराको आलिताल गाउंपालकाले नदिजन्य पदार्थ (ढुंगा गिट्टी,बालुवा)को राजस्व आफै उठाउने भएको छ ।
कार्यपालिकाको माघ ५ गते बसेको बैठकले एक सूचना जारी गदैै नदिजन्य पदार्थ (ढुंगा गिट्टी,बालुवा)को राजस्व आफै उठाउने निर्णय गरेको हो । पालिकाको सूचनामा भनिएको छ पटक पटक टेन्डरको लागी सूचना जारी गर्दा पनि कुनै कम्पनिले टेन्डर नहाले पछि अब पालिकाको आर्थिक ऐन २०७९।८० मा भएको व्यवस्था अनुसार पालिका आफैले राजस्व उठाउन लागेको बताइएको छ ।
सूचनामा उल्लेख भए अनुसार अब नदिजन्य पदार्थ (ढुंगा गिट्टी,बालुवा) उठाउदा प्रति घनमिटर एक सय ६ रुपैयां पालिकालाई राजस्व तिर्नु पर्ने छ । आजसम्म आलितालका नदिजन्य पदार्थ (ढुंगा गिट्टी,बालुवा)को राजस्व लाग्ने गरेको थिएन । अनाधिकृत रुपमा नदिजन्य पदार्थको उत्खननले यस क्षेत्रमा बाढी बहिरो तथा भुक्षय जस्ता नराम्रो असर गर्दै आईरहेको छ । पालिकाले नियम संगत नदिजन्य पदार्थको प्रयोग गरि तोकिएको राजस्व संकलनमा सहयोग गर्न समेत आग्रह गरेको छ भने कसैले राजस्व ठगी गरेको पाइएमा नियमानुसार कार्वाहि गर्ने समेत बताएको छ ।
पालिकाले जारी गरेको सूचना