यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै :ओली

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२३ माघ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसविरुद्ध चर्को आक्रोश पोखेका छन् । उनले भने यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै छटपटीमा देखिन्छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा एक घण्टा १६ मिनेट सम्बोधन गरेका ओलीले कांग्रेस राजनीतिक अस्थिरताको कारक बन्न खोजेको आरोप समेत लगाए ।

चार हजार ६८४ शब्दको टिपोट बोकेर रोष्ट्रममा उभिएका ओलीले कांग्रेस प्रतिपक्षमै रहनु देश र जनताको हितमा हुने बताएका थिए । ‘लोकतन्त्रमा प्रतिपक्ष सुरक्षित हुन्छ, हुनुपर्छ । भिन्न मत राख्ने स्वतन्त्रता हुन्छ, हुुनुपर्छ । वैधानिक र जेन्युन (स्वस्थ) प्रतिस्पर्धा गर्ने अवसर हुन्छ, हुनुपर्छ’, ओलीले सुझाव दिएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तर राष्ट्रिय सहमतिको नारा लगाएर राष्ट्रपति र सभामुखको लोभमा कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउने प्रयत्न गरिरहेको ओलीको आरोप थियो । ‘प्रधानमन्त्री, राष्ट्रपति लगायत मुख्य पदहरुमा आफूबाहेक अरुको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकार गठन भइसकेपछि सरकारलाई हठात विश्वासको मत दिएको समेत ओलीले बताए ।

कांग्रेसविरुद्ध आक्रोश पोखिरहँदा ओलीले प्रचण्ड नेतृत्वमा बनेको सरकारको औचित्य पुष्टि गर्न खोजे । देउवा सरकारले गर्न नसकेको काम यो सरकारले गरेर अगाडि बढ्ने ओलीको भनाइ थियो । ‘म नेपाली कांग्रेसका साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, १० वर्षभित्रै हामी देशलाई विकसित बनाउँछौं’ ओलीको प्रतिवद्धता थियो ।

Dadeldhura Hospital

तर ओलीले कांग्रेसविरुद्ध आक्रोश पोखिरहँदा प्रधानमन्त्री प्रचण्ड भने अप्ठ्यारोमा परेको उनको हाउभाउले देखिन्थ्यो । बेलाबेला हाँस्ने प्रयत्न गरेपनि अधिकांश समय प्रचण्डले असहज महसुस गरेको अनुमान लगाउन सकिन्थ्यो । हुन पनि चुनाव अगाडिको देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र मुख्य सत्ता साझेदार दल थियो । माओवादीका जनार्दन शर्मा अर्थमन्त्री थिए ।

‘कांग्रेस नेतृत्वको सरकारले कालोधनलाई वैधानिक बनाउने तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानलाई फितलो बनाउने काम गरेका कारण मुलुक अन्तर्राष्ट्रिय जगतमा कालोसूचीमा पर्ने जोखिममा पुगेको रहेछ । यो सरकारले अविलम्ब यसमा आवश्यक करेक्सन गर्नेछ’, ओलीले भनेका थिए ।

यस्तो निष्कर्ष सुनाइरहँदा माओवादीका अरु सांसदहरु समेत अप्ठ्यारोमा परेको बुझ्न सकिन्थ्यो । तर देउवाको सरकार पूर्णतः असफल सिद्ध बनेको दावी लगातार प्रस्तुत गरिरहे ।

ओलीले भने कांंग्रेसमाथि लगातार प्रश्न र प्रचण्डलाई दबाव सिर्जना गर्ने क्रममा रास्वपा सभापति रवि लामिछानेलाई ढाडस दिएका थिए । ‘प्रक्रियागत त्रुटि हुन गएछ, त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो, धेरै चिजमा धक्का लाग्यो’ रविलाई साथ दिदै ओलीले भने, ‘रवि लामिछानेलाई न्याय भएन भने कसलाई चाहिँ न्याय भयो त ? कसले पायो न्याय ?’

विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिने भन्ने बहस चलिरहँदा रविको नागरिकतामाथि भएको फैसलाले अरु प्रश्न सिर्जना गरेको ओलीले बताए ।

‘विदेशमा रहेका नागरिकको मतदानको अधिकार भन्दैछौं, त्यो भनेको उम्मेदवार हुने अधिकार पनि होला’ ओलीले भने । सर्वोच्च अदालतको फैसला स्वीकार्ने तर कानूनी मान्यता र न्यायको सिद्धान्त भन्दा बाहिर गएर फैसला आएको ओलीको भनाइ थियो । जनताको मतबाट जितेर आएका रविमाथि न्याय नभएको ओलीले पुष्टि गर्न लामै तर्क गरेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.