आलितालमा अध्यक्ष कप: दुर्गा माविले उचाल्यो महिला तर्फको उपाधि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः दुर्गा माविले आलिताल गाउँपालिका अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

Dadeldhura Hospital

शनिबार भएको फाइनल खेलमा आयोजक आलिताल गाउँपालिकाको टिमलाई ३–२ को सेटले हराउँदै दुर्गा मावि आलिताल–८ डोलाले महिलातर्फको उपाधि उचालेको हो।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाको प्राङ्गणमा भएको खेलमा पहिलो, तेस्रो र पाँचौं सेट आफ्नो पक्षमा पर्दै दुर्गा मावि उपाधि जित्न सफल भयो। आयोजक आलिताल गाउँपालिका भने उपविजेतामै सीमित बन्यो। उपाधिसँग दुर्गा माविले ६० हजार पुरस्कार पनि पाएको छ।

 

आयोजकले भने ५० हजारमै चित्त बुझाएको छ। महिलातर्फको भलिबल प्रतियोगितामा महादेव मावि आलिताल–७ खिन्नेभाडी तेस्रो भयो। शुक्रबार वडा नम्बर ३ लाई हराउँदै महादेव मावि तेस्रो भएको हो। उसले ४० हजार रुयैयाँ हात पारेको छ। अध्यक्ष कप पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ र ५ भिड्दैछन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.