आजबाट नेकपा एमाले निकट अखिलको २३औं महाधिवेशन सुरु

अखिलको नेतृत्वका लागि तीन जना प्रतिस्पर्धामा

sc mahendra

फागुन २,
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्वियुको महाधिवेशन आजबाट सुरु हुने भएको छ।निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिशन हुन लागेको हो।
लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ। यो दुई दिनसम्म चल्ने बताइएको छ।

‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिँदै भनेकी छिन, ‘तीनवटा केन्द्रीय आयोग पनि निमार्ण हुनेछन्, जुन आयोगमा १५ जना सदस्य हुनेछन।’ उनका अनुसार सहमतीयबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ।

मंगलबार अपरान्ह १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिइन्।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.