राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

फागुन १३ – राष्ट्रपति पाउने भए पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहान साढे आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

शुक्रबार बेलुकी अन्य ७ दलले राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन लागेको हो। सात राजनीतिक दलले उम्मेदवार कसलाई भन्ने जिम्मेवारी कांग्रेसमाथि नै छोडेका छन् ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । गोपालमान श्रेष्ठ र मानबहादुर श्रेष्ठले पनि आकांक्षा राखिरहेका छन्।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.