जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई,अजयमेरु दोस्रो र आलिताल तेस्रो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः परशुराम नगरपालिकाले डडेल्धुरा जिल्लास्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ।

अजयमेरु गाउँपालिकामा सम्पन्न प्रतियोगितामा सर्वाधिक २३ स्वर्ण, ६ रजत र ७ कास्यसहित परशुरामले ट्रफी उचालेको हो। प्रतियोगितामा अजयमेरु गाउँपालिका दोस्रो भएको छ। अजयमेरुले ११ स्वर्ण, १४ रजत र ७ कास्य प्राप्त गर्‍यो।

प्रतियोगितामा तेस्रो भएको आलिताल गाउँपालिकाले ५ स्वर्ण, ५ रजत र ७ कास्य जितेको आयोजक जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए।

प्रतियोगितामा छात्र–छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स, कराते, उसुलगायतका खेल खेलाइएको थियो। प्रतियोगितामा डडेल्धुराका सातवटै स्थानीय तहका टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताका खेलहरू अजयमेरु गाउँपालिका–३ मा रहेको चम्बेताल खेल मैदानमा खेलाइएको थियो। जिल्ला खेलकुद विकास समितिको आयोजना र अजयमेरु गाउँपालिकाको आतिथ्यतामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.