Citizan

परशुराम जिप दुरघटना अपडेट:एक जनाको घटना स्थलमै मृत्यु

Chure

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

lali

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । अन्य केही यात्रु घाइते भएका छन् । भट्टले जीप सडकमै पल्टिएको जानकारी दिए ।

glam &
Citizan

जीपमा चालकसहित ११ जना यात्रु सवार थिए । सडकमा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको बताइएको छ । दुर्घटना परशुराम नगरपालिकाको मट्यौलामा भएको हो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.