parwat hotel
Citizan

नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट

bhageswar small
Chure

१८ फागुन, । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

१९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

glam &
Citizan
lali

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

नेपालले सन् २०१६ यता उमेरसमूहको क्रिकेट विश्वकप खेल्न पाएको छैन । सन् २०१८ को संस्करणमा निर्णायक खेलमा अफगानिस्तानसँग हारेपछि चुकेको नेपाललाई त्यसयता दुई संस्करण (सन् २०२० र २०२२)मा यूएईले नै माथ दिँदै आएको छ ।

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित भएको थियो । वेष्ट इण्डिजमा सम्पन्न गत संस्करण (सन् २०२२)को छनोट प्रतियोगिता कोरोना महामारीले प्रभावित बनेपछि पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा भन्दै यूएईलाई नै विश्वकप खेल्न योग्य बनाइएको थियो ।

पछिल्ला दुई संस्करणको पीडा विर्सिँदै र यूएईसँग उसकै मैदानमा बदला लिँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले यसअघिका चारै खेलमा सहज जित हासिल गरेको थियो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.