परशुराममा एक लाख पुरस्कारको खुल्ला भलिबल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–४ कटालमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजना पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो।

विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए। उनका अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उपविजेताले ५० हजार एक सय ११ र तेस्रो हुने टिमले २५ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क चार हजार राखिएको छ।

महिला भलिबलतर्फ प्रथम हुने टिमले ३० हजार एक सय ११ रुयैयाँ, द्धितीयले १५ हजार एक सय ११ र तृतीय हुने टिमले ८ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क एक हजार पाँच सय तोकिएको छ।

‘प्रतियोगिता नेपाली नागरिकले मात्रै खेल्न पाउनेछ, हामीले उत्कृष्ट विधागत पुरस्कारको रूपमा ट्रफी र प्रमाणपत्र दिनेछौँ,’ अध्यक्ष मालले भने, ‘सबै खेलप्रेम खेलाडीलाईहरू प्रतियोगितामा सहभागिता जनाइदिन हुन पनि अनुरोध गर्दछु।’ प्रतियोगिता २७ फागुनदेखि २९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। फागुन २६ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ।

२७ गते वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले गर्ने कार्यक्रम तय भएको अध्यक्ष मालले जानकारी दिए। उनका अनुसार वार्षिकोत्सवका अवसरमा सामुदायिक वन स्तरीय देउडा प्रतियोगिता, विविध सांस्कृति कार्यक्रमका साथै अन्तर सदनात्मक कार्यक्रम पनि हुनेछन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.