
चैत्र १८, डडेलधुरा जिल्लाको आलितालमा कुटानि मिलमा बेरिएर एक महिला घाइते भएकी छिन ।

जिल्लाको आलिताल गाउँ पालिका वडाा नं ८ मौरीका गगन कुवरको श्रीमति वर्ष २१ कि भागरति कुवर को कुटानि गर्ने बेला उनले प्रयोग गरेको दोपट्टा मिलको पट्टामा बेरिएर घाइते भएकि हुन । घाइते महिलाको कानमा र हातमा चोट लागेको जनाइएको छ । उनको आलिताल गाउँपालिका वार्ड नं ८ स्थित मनो विश्वास राईस एण्ड फ्लोर मिलमा उनको दुर्घटना भएको हो ।



घाइते भएकि उनलाई उपचारको लागि धनगढी पठाइएको आलिताल प्रहरी चौकिका इन्चार्ज भिमदत्त राज भट्टले बताएका छन् ।
