

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ कटाल स्थित भागेश्वर माध्यामिक विद्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उदघाटन भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिह माल (डायमण्ड) को अध्यक्षता तथा शुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य खगराज भट्टको प्रमुख आतिथ्यतामा ४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उद्घाटन भएको हो ।
कार्यक्रमको बिशिष्ट अतिथिमा शुदुरपश्चिम प्रदेशका निवर्तमान भौतिक पुर्वाधार विकास मन्त्री पाठन सिंह बोहरा, प्रदेशसभा सदस्य गिता माल (शुसिला) ,परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिह पार्की, परशुराम नगरपालिकाका उप–प्रमुख बिमला कुमारी बोहरा महता, आलिताल गाउँपालिका उपाध्यक्ष मञ्जु रावल (बोहरा) परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु रहनु भएको थियो ।
४८ औं वार्षिकोत्सव समारोहको अवसमा शनिवार विद्यालय प्राङ्गणमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालयलाई बिभिन्न आफ्नो क्षेत्रवाट सहयोग पुगाउनु हुने, बिभिन्न व्यक्ति र संस्था तथा कलाकार्हरुलाई सम्मान गरिएको छ ।
विद्यालयको ४८ औं बार्षिकोत्सवका उदघाटन गर्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले भित्रिमधेस क्षेत्रको समग्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले योजनावद्ध रुपमा काम थालनी गर्ने बताउनु भयो ।
खेलकुद क्षेत्रको विकासबाटै मुलुकको समग्र विकासमा टेवा पुग्ने विश्वास ब्यक्तगर्दै उँहाले भित्रिमधेस क्षेत्रकै अग्रणी शैक्षिक प्रतिष्ठानका रुपमा रहेको भागेश्वर माध्यामिक विद्यालय लाई नमुना विद्यालयका रुपमा विकास गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता मालले सुदूरपश्चिम प्रदेश हरेक क्षेत्रमा पिछिडिएको अबस्थामा विकासका पुर्वाधारहरुनिर्माण गरेर यँहाका बासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउन राज्यका तीनवटै तहले प्रथामिकताका साथ काम गर्न जरुरी रहेको बताउनु भयो ।
उक्त समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मन्त्री पठानसिँह बोहराले अत्यान्तै सम्वेदनशिल भू–बनोट रहेको भित्रिमधेस क्षेत्रमा पर्यावरणमैत्री विकास निर्माण जरुरी रहेको औल्याउनु भयो ।
४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहको अवसरमा विद्यालयले सर्वाधिक धनराशीको महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता समेत आयोजना गरेको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले जानकारी दिए ।
उँहाका अनुसार पुरुषतर्फ १३ टिमले प्रतियोगितामा प्रतिष्प्रर्धा गर्नेछन भने महिला तर्फ ९ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई एक लाख एक हजार एक सय ११ रुपैया,द्धितीय हुने टिमलाई ५० हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई २५ हजार एक सय ११ पुरस्कार प्रदान गरिने छ भने महिला तर्फ प्रथम हुने टिमलाई ५० हजार एक सय ११, द्धितीय हुने टिमलाई २५ हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई १३ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
वार्षिकोत्सवका अवसरमा वडा.न ४ स्तरीय सामुदायीक वनहरु बीच खुला डेउडा प्रतियोगिता समेत आयोजना गरिएको विद्यालयले जनाएको छ ।
