डडेल्धुराको आलितालमा ६ दिने योग शिविर सम्पन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँ पालिकामा योग शिविर सम्पन्न भएको छ।

पालिकाको सभाहलमा सञ्चालित ६ दिने योग शिविर आज सम्पन्न भएको हो।
आलिताल गाउँ पालिकाको सहयोग तथा आयुर्बेद आलिताल शाखाको आयोजनामा सम्पन्न भएको शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागितामा रहेको पतञ्जली योग समिति आलितालका अध्यक्ष खेम खत्रीले बताए। उनले आलितालमा पतन्जलि योगलाई निरन्तरता दिन आग्रह समेत गरे ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनका अनुसार योग शिविरमा प्रहरी, जनप्रतिनिधि, पालिका भित्र रहेका प्रभुत्व वर्ग, महिला, व्यवसायी, शिक्षक, राजनीतिकर्मी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाका उपाध्यक्ष मैना कुमारी रावलले योग मानव जीवनको अभिन्न अङ्गको रूपमा रहदै आएको बताए। मानव शरीरलाई स्वस्थ्य र निरोगी बनाउन योगाभ्यास अपरिहार्य रहेको उनको भनाइ थियो। साथै आलितालमा पतन्जली योग शिविरलाई निरन्तरता दिन आफुले सक्ने सहयोग गर्ने बताए ।


कार्यक्रममा बोल्दै पतञ्जली योग शिविरका प्रशिक्षक गौरिशन्कर मण्डलले मानव शरीरको सर्वाङ्गिण विकास गरेर मानिसको संस्कार र चरित्र निर्माणमा समेत योग साधनाले विशेष भुमिका खेल्न सक्ने भन्दै
हरेक बिहान २ घण्टा योगाभ्यास गरेर जथाभावी खानपिनलाई नियन्त्रण गरे जीवनमा चमत्कारिक परिवर्तन पाइने उनले बताए।
पत्नजली योग प्रत्येक दिन पालिकाको सभा हलमा बिहान आएर अभ्यास गर्न सकिने समेत आयुर्बेद आलिताल शाखाका प्रमुख अमर बहादुर बिष्टले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.