parwat hotel
Citizan

पर्यटकको पर्खाईमा रहेको आलितालको दुईतले जैशिना झरना

bhageswar small
alital janahit

१७ चैत्र

डडेल्धुराको आलिताल गाँउपालिका वडा नं.१ स्थित दुईतले जैशिना झरना पर्यटकको पर्खाईमा रहेको छ । भिमदत्त राजमार्गको गोगनपानीबाट कैलाखेडाखान सम्म ७ किमि मोटर बाटोको यात्रा पश्चात करिव ३० मिनेटको पैदलयात्रामा पुगिने जैशिना झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बनिरहेकोछ ।

glam &
Citizan
lali

जैशिना झरना सम्म यातायातको पहुँच नहुदा पर्याप्त सम्भावना हुदाहुदै पनि पर्यटकहरु पुग्न नसकेको जैशिना झरनामा आर्थिक बर्ष २०७५७६ बाट झरना लाई लक्षित गरि सडक निर्माणको काम सुरु भएको थियो भने आलिताल गाँउपालिका ले २०७७ मा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम मार्फत पदमार्ग तथा चौतारोहरु निर्माण गरि यस झरनाको पर्यटन प्रवद्र्र्धन सुरु गरेका थियो ।

टाढा बाट हेर्दा निकै शुन्दर देखिने जैशिना झरना असहज भुगोलको कारण झरनाको फेद सम्म पुग्न नसकिने समस्या रहेकोमा यो वर्ष ३६० मिटर पदमार्ग निर्माण भएपछि पर्यटकहरु लाई झरनाको फेद सम्म पुगेर रमाईलो गर्ने वातावरण बनेको छ भने पदमार्ग निर्माण पश्चात झरना सम्म पुग्न सहज भए पछि पछिल्लो केही दिन यता फाट्टफुट्ट रुपमा आन्तरिक पर्यटकहरु झरना घुम्न आईरहेको स्थानिय मिन बहादुर रोकायाले बताए ।

मोटरसाईकल तथा साना जिपहरुमा सहजै पुग्न सकिने जैशिना झरनामा पर्यटक लाई घुम्न सहजहोस भनि सुदुरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयको सहयोगमा जैशिना झरना पदमार्ग निर्माण उपभोक्ता समिति मार्फत पदमार्ग निर्माण गरिएको जिल्ला भु तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका सुचना अधिकारी ज्ञानेन्द्र ताम्राकारले बताउनु भयो ।

डडेल्धुरामा रहेको प्रशस्त पर्यटकिय गन्तव्यहरु मध्ये आलिताल गाँउपालिकामा रहेको प्रशिद्ध आलिताल डडेल्धुराको मात्र नभएर शुदुरपश्चिमकै सुन्दर आलितालको रुपमा परिचित रहेको छ भने जैशिना झरना पनि यस क्षेत्रकै प्रमुख पर्यटकिय गन्तव्य भएकोले एक पटक दुईतले जैशिना झरना घुम्नका लागी आईदिनुहोला भन्दै आलिताल गााउपालिका वडा न.१ का अध्यक्ष यज्ञ बहादुर देउवाले निमन्त्रणा दिएका छन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.