कैलालीको चुरेमा ट्याक्टर दुर्घटना हुँदा चालक सिजालीमगरको मृत्यु

sc mahendra

धनगढीः कैलालीको चुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ बयालमा ट्याक्टर दुर्घटना भएको हो। सु.प.प्र ०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चुरे गाउंपालिका वडा न. ३ मस्या आमथला बस्ने चालक दानबहादुर सिजाली(पुस्कर)को मृत्यु भएको छ। अनियन्त्रीत भएर ट्याक्टर सडकबाट १० मिटर तल खसेको थियो।

सिजाली ट्याक्टरको बिच भागमा च्यापिएका हुन्। उनको घटना स्थलमा नै मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय, अत्तरियाले बताएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.