आलिताल गाउंपालिकामा ठड्याइएको किसान नेता पन्तको शालिक मर्मत सम्भार गरिदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा आलिताल गाउंपालिकाको प्रांगणमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिकको मर्मत सम्भार कार्य थालिएको छ । नेता पन्तको ९५ औं जन्मजयन्तिको अबसर पारेर ठड्रयाएको शालिक जिर्ण देखिन थालेको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त शालिक २०७७ साल मंसिर १० गते तत्कालिन आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुङले शालिकको अनावरण गरेका थिए । पालिकाको करिब पांच लाख लागतमा निर्माण सम्पन्न गरिएको थियो ।

Dadeldhura Hospital

                                                               शालिक मर्मत सम्भार हुदै गर्दाको फोटो

अहिले करिव असी हजारको लागतमा मर्मत सम्भार कार्य थालिएको हो । रेजिन फाइबरबाट निर्माण गरिएको शालिक केहि बर्षका लागी राम्रो चिटिक्क देखिएता पनि घाम पानीको असरले यो दिगो हुन नसकेको मुर्तिकार महेन्द्र पुनमगरले बताए । अहिले उक्त शालिकलाई मर्मत सम्भार गरि घाम र पानीबाट बचाउन छानो समेत निर्माण गरिने पालिकाले जनाएको छ ।

 

यहि पौष २२ गते दियालो खबरले आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.