डडेल्धुरा आलिताल गाउंपालिकाको प्रांगणमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिकको मर्मत सम्भार कार्य थालिएको छ । नेता पन्तको ९५ औं जन्मजयन्तिको अबसर पारेर ठड्रयाएको शालिक जिर्ण देखिन थालेको थियो ।
उक्त शालिक २०७७ साल मंसिर १० गते तत्कालिन आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुङले शालिकको अनावरण गरेका थिए । पालिकाको करिब पांच लाख लागतमा निर्माण सम्पन्न गरिएको थियो ।
शालिक मर्मत सम्भार हुदै गर्दाको फोटो
अहिले करिव असी हजारको लागतमा मर्मत सम्भार कार्य थालिएको हो । रेजिन फाइबरबाट निर्माण गरिएको शालिक केहि बर्षका लागी राम्रो चिटिक्क देखिएता पनि घाम पानीको असरले यो दिगो हुन नसकेको मुर्तिकार महेन्द्र पुनमगरले बताए । अहिले उक्त शालिकलाई मर्मत सम्भार गरि घाम र पानीबाट बचाउन छानो समेत निर्माण गरिने पालिकाले जनाएको छ ।
यहि पौष २२ गते दियालो खबरले आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै