Citizan

आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै

suchana alital
Chure

पौष २२
डडेल्धुराको आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै गएको छ । नेता पन्तको ९५ औं जन्मजयन्तिको अबसर पारेर ठड्रयाएको शालिक दुई बर्षमै जिर्ण देखिन थालेको हो ।

lali


२०७७ साल मंसिर १० गते तत्कालिन आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुङले शालिकको अनावरण गरेका थिए । पालिकाको करिब पांच लाख लागतमा निर्माण सम्पन्न गरिएको थियो । रेजिन फाइबरबाट निर्माण गरिएको शालिक केहि बर्षका लागी राम्रो चिटिक्क देखिएता पनि यो दिगो भने हुन नसक्ने कुरा मुर्तिकार महेन्द्र पुनमगरले निर्माण गर्दा नै पालिकालाई जानकारी दिएको बताएका छन् ।

glam &
dipti
Citizan

उनले दियालो खबरसंग कुरा गदैं आफुले पालिकालाई तामा तथा पित्तलबाट निमार्ण गर्न सुझाएता पनि पालिकासंग बजेट अभावका कारण रेजिनफाईबरबाट निर्माण गरिएकाले दिगो नभएको बताए । उनले यस शालिकलाई थोरै बजेटमै मर्मतसम्भार गर्न सकिने समेत बताएका छन् । पालिकाकै शोभनियको रुपमा रहेको शालिक नै जिर्ण बन्दै गएपछि आलोचना बढ्दै गएको छ । शालिक अनावरणसगै पालिका परिसरको नाम पनि चोरगडाबाट भिमदत्तपुर नामाकरण गरिएको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.