आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

पौष २२
डडेल्धुराको आलिताल गाउंपालिका परिसरमा ठड्याइएको किसान नेता भिमदत्त पन्तको शालिक जिर्ण बन्दै गएको छ । नेता पन्तको ९५ औं जन्मजयन्तिको अबसर पारेर ठड्रयाएको शालिक दुई बर्षमै जिर्ण देखिन थालेको हो ।

Dadeldhura Hospital


२०७७ साल मंसिर १० गते तत्कालिन आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुङले शालिकको अनावरण गरेका थिए । पालिकाको करिब पांच लाख लागतमा निर्माण सम्पन्न गरिएको थियो । रेजिन फाइबरबाट निर्माण गरिएको शालिक केहि बर्षका लागी राम्रो चिटिक्क देखिएता पनि यो दिगो भने हुन नसक्ने कुरा मुर्तिकार महेन्द्र पुनमगरले निर्माण गर्दा नै पालिकालाई जानकारी दिएको बताएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले दियालो खबरसंग कुरा गदैं आफुले पालिकालाई तामा तथा पित्तलबाट निमार्ण गर्न सुझाएता पनि पालिकासंग बजेट अभावका कारण रेजिनफाईबरबाट निर्माण गरिएकाले दिगो नभएको बताए । उनले यस शालिकलाई थोरै बजेटमै मर्मतसम्भार गर्न सकिने समेत बताएका छन् । पालिकाकै शोभनियको रुपमा रहेको शालिक नै जिर्ण बन्दै गएपछि आलोचना बढ्दै गएको छ । शालिक अनावरणसगै पालिका परिसरको नाम पनि चोरगडाबाट भिमदत्तपुर नामाकरण गरिएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.