Citizan

डडेल्धुरामा आयोजित शुभकामना कप क्रिकेटको उपाधि बिष्ट ब्रदर्श जिमलाई

suchana alital
Chure

२८ चैत्र
“लागुऔषध दुव्यशन विरुद्ध क्रिकेट” भन्ने नाराका साथ आयोजना गरिएको शुभकामना कप खुल्ला टि २० क्रिकेट प्रतियोगिताको हिजो सम्पन्न भएको छ ।सम्पन्न भएको फाईनल खेलमा रोयल डडेल्धुरा लाई पराजित गर्दै आयोजक विष्ट व्रदर्श जिमले उपाधि हात पारेको हो ।
नव वर्षको अवसरमा विष्ट ब्रदर्श जिम अमरगढी नगरपालिका वडा नं.५ ले आयोजना गरेको क्रिकेट प्रतियोगिता चैत्र २५ गते बाट डडेल्धुराको रामलिला मैदानमा उद्घाटन भएको थियो । जिल्लाका जम्मा ९ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता विष्ट ब्रदर्श जिमले नगद रु ३५,५५५। सहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गरेको थियो भने उपविजेता रोयल डडेल्धुराले नगद रु १७,७७७। सहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गरेको थियो ।

lali

प्रतियोगिताको उत्कृष्ट वलरको रुपमा रोयल डडेल्धुराका निरज भट्ट लाई सम्मान गरिएको थियो भने उत्कृष्ट ब्याट्म्यानको रुपमा रोयल डडेल्धुराकै आयुश्यमान शाही लाई सम्मान गरिएको थियो । प्रतियोगितामा सहभागी भएका नयाँ खेलाडी हरु मध्ये बाट उत्कृष्ट प्रदर्शन गरेका घटाल युवा क्लवका दिनेश हमाल लाई उदयीमान खेलाडी उपाधिले सम्मानित गरिएको थियो भने विष्ट ब्रदर्श जिमका दिल बहादुर बोहरालाई म्यान अफ दि सिरिज वाट सम्मानित गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा उपस्थित डडेल्धुरा खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापा, डडेल्धुरा क्रिकेट संघ का कोषाध्यक्ष देवकी भट्ट, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कोषाध्यक्ष राम धामी, पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिह, सचिव पुस्कर भण्डारी, ग्रामिण महिला विकास तथा एकता केन्द्र डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउद, कार्यक्रम संयोजक खगेन्द्र भट्टराई, जिल्ला हुलाक कार्यालय अछामका प्रमुख प्रेम धामी लगायतका अतिथिहरु ले खेलाडीहरु लाई प्रमाणपत्र, मेडल तथा ट्रफिहरु वितरण गर्नुभएको थियो ।

glam &
dipti
Citizan

प्रतियोगिता लाई जापान बाट सहयोग
पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यशनमा लागिरहेको अवस्थामा उनिहरु लाई खेलकुदको माध्यम बाट लागुऔषध दुव्यर्शन भन्दा टाढा राख्नु पर्छ भन्ने सन्देश दिन आयोजना गरिएको शुभकामना कप क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी विस्ट ब्रदर्श जिम का दिल बोहरा लाई बा२ख १४३६का संञ्चालक शुरेश थापाले प्रोत्साहन स्वरुप नगद रु १०००का साथै आफनो गाडीमा डडेल्धुरा धनगढी एकतर्फि भाडा निशुल्क घोषणा गर्नुभएको छ भने प्रतियोगिता संञ्चालन गर्नका लागी अमरगढी नगरपालिका वडा नं।४ हाल जापान बस्ने युवा समाजसेवी विनय प्रकास मल्लले नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति कोषाध्यक्ष राम धामी मार्फत रु११,१११। सहयोग गर्नुभएको छ । युवा समाजसेवी मल्लले प्रतियोगितामा सहभागी केही टिमलाई खेल सामाग्री तथा जर्सिहरु दिएर सहयोग गर्नुभएको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.