डडेल्धुरामा सम्पन्न शुभकामना कप फुटवलको उपाधि विष्ट ब्रदर्श जिमलाई

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२ बैशाख

Dadeldhura Hospital

‘रास्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथ नयाँ बर्ष २०८० को उपलक्षमा आयोजना गरिएको शुभकामना कप जिल्ला स्तरिय खुला फुटवल प्रतियोगिताको उपाधि विस्ट व्रदर्श जिमले हात पारेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्लाको गन्यापधुरा गाँउपालिका वडा नं.१ मा रहेको मिलन युवा क्लव भात्काडाले आयोजना गरेको फुटवल प्रतियोगितामा आयोजक मिलन युवा क्लव लाई विष्ट व्रदर्श जिमले पेनाल्टि सुटआउटमा ३ का विरुद्ध ४ गोल हान्दै आफनो पक्षमा जित निकालेको हो । निर्धारित समयमा दुवै टिमको तर्फबाट वरावरी दुई गोल भए पछी खेल पेनाल्टिमा गएको थियो ।

फुटवल प्रतियोगितामा विजेता विस्ट व्रदर्श जिमले नगद रु ४०,०४०। ट्रफि, प्रमाणपत्र तथा मेडल प्राप्त गरेको थियो भने उपविजेता मिलन युवा क्लव भात्काडा ले नगद रु २०,०२०। ट्रफि, प्रमाणपत्र तथा मेडल प्राप्त गरेको थियो ।
प्रतियोगितामा विष्ट व्रदर्श जिमका आयुष घले उत्कृष्ट खेलाडी तथा विष्ट ब्रदर्श जिमकै खेलाडी रोहन श्रेष्ठ उत्कृष्ठ गोलकिपर भएका थिए । चैत्र २९ गते देखी संञ्चालन भएको प्रतियोगितामा जम्मा ७ वटा टिमले सहभागिता जनाएकोमा डडेल्धुरा जिल्ला बाहेक नेपाली सेना, सिलगढी युथ क्लव डोटीको टिमले पनि सहभागीता जनाएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.