अण्डर-१६ क्रिकेट प्रतियोगिताको विजेता डडेल्धुराको टिमलाई सम्मान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

 ९ बैशाख,  सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघद्धारा अछाममा आयोजना भएको अण्डर-१६ प्रादेशिक क्रिकेट छनौट प्रतियोगिताका विजेता बनेको डडेल्धुराको टिमलाई हिजो डडेल्धुरामा एक कार्यक्रमका विच सम्मान गरिएको छ ।
डडेल्धुर जिल्ला क्रिकेट संघ डडेल्धुराले आयोजना गरेको सम्मान कार्यक्रममा डडेल्धुरा खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापा, डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि प्रसाद उप्रेती लगायत क्रिकेट संघका पदाधिकारी लगायत डडेल्धुराका पूर्व क्रिकेटरहरुले खेलाडीहरु लाई टिका तथा खादा लगाएर सम्मान गरेका हुन ।
डडेल्धुरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजित सम्मान कार्यक्रम पश्चात खेलाडी तथा शुभचिन्तकहरुले डडेल्धुराको बागबजार देखी तुपानडाँडा हुदै किर्तिपुर बजार सम्म विजयी ¥यालीको आयोजना गरेका थिए । अछाम जिल्लामा सम्पन्न भएको प्रादेशिक मुख्यमन्त्रि छनौट क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमका ८ वटा टिमले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा डडेल्धुराले लिगको ३ वटा खेलमा कैलाली, बैतडी र दार्चुला लाई पराजित गरेको थियो भने फाईनलमा अछामलाई ७ विकेटले पराजित गर्दै उपाधि आफनो हात पारेको डडेल्धुरा टिमका प्रशिक्षक गणेश देउवाले बताउनु भयो । प्रतियोगिताको उत्कृष्ठ खेलाडीका रुपमा सम्मानित भएका डडेल्धुराका राजेश ऐर तिन वटा खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै उत्कृष्ठ खेलाडीका रुपमा सम्मानित भएका भए ।
डडेल्धुरा जिल्ला क्रिकेट संघले यस अघि नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताहरु मध्ये आधिकारिक रुपमा अन्डर १५, अन्डर १९ को उपाधि जितेको थियो भने यो उपाधि डडेल्धुरा जिल्ला क्रिकेट संघको लागी तेश्रो उपाधि हो । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका डडेल्धुराका खेलाडीहरु सहितको सुदुरपश्चिमको टिमले बैशाख १० गते बाट कैलालीको फाप्ला क्रिकेट मैदानमा आयोजना भईरहेको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा डडेल्धुरा खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाले विजेता खेलाडीहरु लाई बधाई दिदै खेलाडीहरुले अनुशासित ढंगले खेलमा लाग्न अनुरोध गर्दै आगामी दिनमा खेलजिवनको पूर्ण सफलताको लागी शुभकामना व्यक्त गर्नु भएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.