डडेल्धुरा तेक्वान्दो संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न

bhageswar small

९ बैशाख

जिल्ला तेक्वान्दो संघ डडेल्धुराको प्रथम वार्षिक साधारणसभा बैशाख ९ गते डडेल्धुराको सदरमुकाममा सम्पन्न भएको छ ।

डडेल्धुरा तेक्वान्दो संघका अध्यक्ष गेहेन्द्र ठकुराठीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा नेपाल तेकान्दो संघ सुदुरपश्चिम प्रदेश समितिका सचिव श्रीराम चौधरी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने खेलकुद परिषद सुदुरपश्चिम प्रदेश सदश्य प्रकाश विक,डडेल्धुरा खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापा तथा कार्यालय प्रमुख डम्बर बहादुर भण्डारी विशिष्ट अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।

तेक्वान्दो संघ सुदुरपश्चिम प्रदेश समितिका सदश्य मोती लामा, परशुराम नगरपालिका मार्शलआर्ट प्रशिक्षक राम बहादुर बोहरा, अजयमेरु गाँउपालिकाका मार्शल आर्ट प्रशिक्षक ओम प्रकास पन्त लगायत जिल्ला तेक्वान्दो संघ पदाधिकारी र संञ्चारकर्मिहरुका साथै तेक्वान्दो खेलाडीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला तेकान्दो संघ डडेल्धुराको वार्षिक प्रतिवेदन माथि छलफल गरिएको थियो भने आगामी दिनमा डडेल्धुरा लगायत सुदुरपश्चिममा तेक्वान्दो खेल लाई सशक्त ढंगले अगाढी बढाउनका लागी सबै सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिइएको थियो ।

ajayameru small
You might also like
Leave A Reply

Your email address will not be published.