आलिताल गाउँपालिकाबाट श्रम स्वीकृति सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आलिताल – सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई आलिताल गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ।
आलिताल गाउंपालिकाले श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको पालिकाका रोजगार शाखाका प्रमुख देबिसरा सारुमगरले बताए । पालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख १ गतेदेखि दिन थालेको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

Dadeldhura Hospital

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब धनगढी र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आलितालले वैदेशिक रोजगारीका लागि जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख १ गतेदेखि प्रारम्भ गरिने सूचना २०७९ चैत २८ गते प्रकाशन गरेको थियो । सुचना जारी गरेता पनि आज सम्म सेवा ग्राही भने नआएको पालिकाले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.