देशै भरीका मगर आन्दोलित,थर सच्याउन नेपाल मगर संघको माग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ २८
राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’लाई छुट्टै जातको रूपमा राखेर तथ्यांक सार्वजनिक गरेपछि नेपाल मगर संघले विरोध जनाएको छ।

Dadeldhura Hospital

तथ्यांक कार्यालयले हालै जारी गरेको नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकमा ‘पुन’लाई छुट्टै जातको रूपमा राखिएको थियो। ‘पुन’ थर ‘मगर’ जातभित्र पर्ने भन्दै संघले राष्ट्रिय तथ्यांक कार्यालय परिसर पुगेरै सच्याउन माग गरेको हो।
नेपाल मगर संघ केन्द्रिय समितिबाट पटक पटक तथ्यांक बिभागलाई ध्यानाकर्षण गराउने,ज्ञापन पत्र बुझाउने जस्ता कार्य हुदा हुदै पनि सिंगो मगर समुदायको भावना विपरित र संबैधानिक रुपमा स्थापित आदिबासी जनजाती आयोगको सल्लाह सुझावलाई समेत व्यवस्था गरि मनोमानी ढंगले तत्थ्यांक प्रकाशित गरेको भन्दै संघले चर्को बिरोध गरिरहेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पुन थरलाई मगर जातिकै रुपमा समेटेर तथ्यांक प्रकाशन गर्न भोली पालिका तथा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन लागिएको नेपाल मगर संघ सुदुर पश्चिमका सचिव पदम बहादुर डाला मगरले जानकारी दिनुभयो । आज संघले देशै भरिका प्रदेश सरकार विदेशीराजदुताबास र राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा जाती फुटाउन पाइदैन,पुन जाती मगर हो, जस्ता नारा बनाएर नाराबाजी गरिरहेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.