parwat hotel
Citizan

रुडुक डडेल्धुराद्वारा विपद उद्धार सामाग्रीहरु हस्तान्तरण

bhageswar small
alital janahit

जेठ ३०
विपद जोखिम न्यूनीकरण कार्यक्रम अन्र्तगत स्थानीय विपद व्यवस्थापन समितिलाई आपतकालिन सामाग्री हस्तान्तरण गरिएको छ ।मर्सीकोर नेपालको आर्थिक सहयोग र ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक) डडेल्धुराद्वारा संचालित उत्थानशिलताका लागि निरन्तर क्रियाकलाप अन्र्तगत आज मंगरबार उक्त समामग्री वितरण गरिएको हो ।

glam &
Citizan
lali

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउद,रुडुकका सचिव मोहन धामी,आलिताल गाउंपालिका अध्यक्ष शेर सिं पार्की पालिका उपाध्यक्ष मैना कुमारी रावल,पत्रकार राम धामी वडा अध्यक्ष धन बहादुर देउबा,वडा न. ३ का अध्यक्ष बल बहादुर बुढामगर,वडा न. ७ का अध्यक्ष बिर बहादुर बोहरा लगायतले विभिन्न स्थानीय विपद व्यवस्थापन समितिलाईआपतकालिन सामाग्री हस्तान्तरण गरेका हुन ।
आपतकालिन सामाग्रीहरु मध्ये आलितालको चिरान कालाकोटको विपद व्यवस्थापन समितिलाई ५ थान लाइफ ज्याकेट तेस्तै भुंडडा बेतन्ना समितिलाई १० लाइफ ज्याकेट र १ थान साइरन ,परशुराम नगरपालिकाको डल्लेगडा समितिलाई १० थान लाइफ ज्याकेट र साइरन १ थान,माजापानी समितिलाई १० लाइफ ज्याकेट र साइरन १ थान र जौखेत समितिलाई १० लाइफ ज्याकेट,साइरन १ थान, सामाग्री वितरण गरेको हो । रुडुकले आलिताल र परशुरामको दुग्ध संकलन केन्द्रलाई दुग्ध संकलन सहजताका लागी क्यान समेत उपलब्ध गराएको छ ।

स्थानीय विपद व्यवस्थापन समितिको माग अनुसार स्थानीय स्तरमा आईपर्न सक्ने विपद व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरिएको रुडुकका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । उक्त कार्यक्रमको अवसरमा रुडुकले आलिताल गाउंपालिका तथा परशुराम नगरपालिकालाई स्थानिय विपद तथा जलवायु उत्थानशील योजनाविपद पूर्व तयारी तथा प्रतिकार्य योजना समेत उपलब्ध गराएको साउदले बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.