रुडुक डडेल्धुराद्वारा विपद उद्धार सामाग्रीहरु हस्तान्तरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ ३०
विपद जोखिम न्यूनीकरण कार्यक्रम अन्र्तगत स्थानीय विपद व्यवस्थापन समितिलाई आपतकालिन सामाग्री हस्तान्तरण गरिएको छ ।मर्सीकोर नेपालको आर्थिक सहयोग र ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक) डडेल्धुराद्वारा संचालित उत्थानशिलताका लागि निरन्तर क्रियाकलाप अन्र्तगत आज मंगरबार उक्त समामग्री वितरण गरिएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउद,रुडुकका सचिव मोहन धामी,आलिताल गाउंपालिका अध्यक्ष शेर सिं पार्की पालिका उपाध्यक्ष मैना कुमारी रावल,पत्रकार राम धामी वडा अध्यक्ष धन बहादुर देउबा,वडा न. ३ का अध्यक्ष बल बहादुर बुढामगर,वडा न. ७ का अध्यक्ष बिर बहादुर बोहरा लगायतले विभिन्न स्थानीय विपद व्यवस्थापन समितिलाईआपतकालिन सामाग्री हस्तान्तरण गरेका हुन ।
आपतकालिन सामाग्रीहरु मध्ये आलितालको चिरान कालाकोटको विपद व्यवस्थापन समितिलाई ५ थान लाइफ ज्याकेट तेस्तै भुंडडा बेतन्ना समितिलाई १० लाइफ ज्याकेट र १ थान साइरन ,परशुराम नगरपालिकाको डल्लेगडा समितिलाई १० थान लाइफ ज्याकेट र साइरन १ थान,माजापानी समितिलाई १० लाइफ ज्याकेट र साइरन १ थान र जौखेत समितिलाई १० लाइफ ज्याकेट,साइरन १ थान, सामाग्री वितरण गरेको हो । रुडुकले आलिताल र परशुरामको दुग्ध संकलन केन्द्रलाई दुग्ध संकलन सहजताका लागी क्यान समेत उपलब्ध गराएको छ ।

स्थानीय विपद व्यवस्थापन समितिको माग अनुसार स्थानीय स्तरमा आईपर्न सक्ने विपद व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरिएको रुडुकका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । उक्त कार्यक्रमको अवसरमा रुडुकले आलिताल गाउंपालिका तथा परशुराम नगरपालिकालाई स्थानिय विपद तथा जलवायु उत्थानशील योजनाविपद पूर्व तयारी तथा प्रतिकार्य योजना समेत उपलब्ध गराएको साउदले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.