parwat hotel
Citizan

आउदो चुनावका लागि निर्वाचन आचारसंहिता आज मध्यरातीबाट लागु हुँदै,जान्नुहोस् के गर्न पाईन्छ/के गर्न पाईदैन

bhageswar small
alital janahit

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि निर्वाचन आचारसंहिता आजबाट लागु गर्दैछ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता आज मध्यरातिदेखि लागु हुँदैछ । निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुले हस्ताक्षर गरीसकेका छन् ।

lali

आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको चुनावका लागि भड्किलो प्रचार प्रसार गर्न पाउने छैनन् । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायत गर्न पाएने छैन् । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने हुन्छ ।

glam &
Citizan

आचारसंहिता लागु भएपछि योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँने छैन् । यस्तै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायत पनि गर्न पनि पाइँदैन, गर्न परेमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने हुन्छ । यस्तै राजनीतिक दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत समान बोक्न र वितरण गर्न पाइदैन् । तर उम्मेदवारले ‘ए-फोर’ साइजको कागजमा प्रचार प्रसार गर्न पाउने छन् ।

उम्मेदवारले प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाउने छन् । प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.