बझाङबाट काठमाडौंका जादै गरेको बस कपिलवस्तुमा दुर्घटना,४ जना गम्भीर घाइते

sc mahendra
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

असार १५
बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुको चरोडामा दुर्घटना भएको छ। हिजो छुटेको बस आज बिहानै दुर्घटनामा परेको हो।जिल्लाको चरोडामा बिहानै ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनामा परि बसमा सवार २५ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु सामान्य घाइते भएके प्रहरीले जनाएको छ । अहिले प्रहरीले घाइतेहरुको उद्वार गरि उपचारको लागि लगिरहेको जनाएको छ। उक्त बसमा भोलि १६ गते हुने सिभिल सब(असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिकहरु काठमाडौं जान लागेका थिए। घटनाको थप विवरण आउन बाकी रहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.