Citizan

नेपाल मगर संघ १२ औं राष्ट्रिय महाधिवेशन दाङमा सुरु

suchana alital
Chure
lali

दाङ । नेपाल मगर संघ १२ औं राष्ट्रिय महाधिवेशन दाङमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सबै जातजातिको पहिचान संरक्षण गर्ने कुरा नेपालको संविधानले सुनिश्चितता गरेको बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक राष्ट्र रहेको बताउँदै सबै जातजाति र भाषाभाषीको सम्मान गर्नुपर्ने बताए ।भाषा र जातीको संरक्षण गर्ने संविधानले सुरक्षित गरेको छ’ उनले भने, ‘यसको संरक्षण गर्न सबै तहका सरकारले ध्यान दिन जरुरी छ।’आन्दोनको अग्र मोर्चामा रहेर देशको परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको र संविधानले सबैको हक अधिकार समेटीएको भन्दै यसको कार्यान्वयनमा जानु पर्ने उनको भनाइ थियो ।दाङको घोराहीमा सुरु भएको महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.