कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कैलालीः धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५८ हजार मूल्य बराबरको सुट, कुर्ति, गन्जी, सुर्ती लगायतका सामानहरु शुक्रवार प्रहरीले बरामद गरेको हो।
उक्त सामान वारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ। यस्तै कञ्चनपुर जिल्लाको विभिन्न स्थान भिमदत्त–४ र पुनर्वास–६ बाट भन्सार छलीका अन्दाजी ४५ हजार ७ सय मूल्य बराबरको तरकारी, डिउ, कोकाकोला, चामल लगायतका सामानहरु शुक्रवार बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.